• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा ग्लोबल आइएमई बैंककाे शाखा खुल्याे


चैत १०, सल्यान ।

सल्यानको प्रमुख ब्यापारिक केन्द्र श्रीनगरमा ग्लोबल आइएमई बैंककाे शाखा खुलेकाे छ । आफ्नो १ सय ३४ औ शाखाको रुपमा खुलेको बैंकको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ।

बैंकको उद्घाटन गर्दै कर्णाली प्रदेस सरकारका आर्थिक योजना तथा मामिला मन्त्री प्रकास ज्वालाले बैंकले बिषेस रुपमा गरिब जनता हरुको पहुचका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन। कृषिका लागि गाउँगाउँमा र उद्योगका लागि हरेक शहरमा बैंक पुग्नुपर्ने बताउदै उनले बैंकहरु शहर केन्द्रीतमात्र नभई गाउँ केन्द्रित हुनुपर्नेमा जोड दिए ।

शहरमा बैंक पुगेता पनि गाउँगाउमा बैंकहरु पुगि त्यहाका नागरिक हरुलाई बैंकप्रतीको आकर्षण र सरल सेवाका कार्यक्रमहरु लागू गर्नुपर्ने उनले बताए।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ज्वालाले देशलाई समृद्धि बनाउन बैंकिङ क्षेत्रको महत्त्वपुर्न भुमिका रहने भन्दै सबै पक्ष मिलेर रास्ट्रलाई समृद्धि तर्फ अगाडि बढाउन भुमिका खेल्नुपर्ने बताए।

कुनैबेलाको बिकट र गरिबी रहेको सल्यान जिल्ला खाद्यान्न तथा फलफुलको क्षेत्रमा आत्मनिर्भर भइसकेको बताउदै उनले उत्पादनको क्षेत्रमा बैंकले पुजि लगाउनु पर्नेमा जोड दिए। उनले सल्यानको श्रीनगर देखि खैराबाङ मन्दिर र सुर्खेतको गडिमा केबुलकार निर्मान गर्न सबैको ध्यानाकर्षण गराएका छन।आर्थिक बिकासको निम्ति यो महत्त्वपुर्ण बिषय रहेकाले बैंकले यो बिषयमा पनि सोच्नुपर्ने बताएका छन।

सल्यानका ४ वटा सडक हरु राष्टीय राजमार्गको सुचीमा परिसकेको बताउदै उनले ७ वटा सडकहरु प्रादेशिक सडक सुचीमा राख्नेगरि कामहरु भईराखेको बताएका छन। ज्वालाले प्रदेश सरकारले सल्यानमा शीत भन्डार निर्माणको लागि १० करोड बजेट निनियोजन गरेको बताउदै कहाँ कसरी बनाउने निर्णय गर्न सल्यान उद्योग बाणिज्य संघ लाई आग्रह गरेका छन।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्टले बैंकहरु लक्षित बर्ग सम्म पुग्न नसकेको बताए। ग्रामिन क्षेत्रमा जनताको बिषयका काममा बढी ध्यान दिई सेवा दिन बैंकहरुलाई आग्रह गरेका छन। बैंकका नितिगत कुरा र सेवाहरुको प्रवाह बारे सिमान्तकृत समुदाय सम्म पुग्नुपर्नेमा जोड दिएका छन।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको शाखा उद्घाटन गर्दै उनले जीवन बिमा अनिबार्य गर्नुपर्ने बताए।जीवन बिमा जिबनको एक महत्त्वपूर्ण पाटो भयकाले जीवन बिमा गर्नुपर्नेमा जोड दिए।

बैंकको कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसीले आफुले बैंकले अब लगानी गर्ने ठाउँ नदेखेको बताएका छन।दर्जन बढी बैंकहरु खुलेको र लगानी गर्नुपर्ने ठाउँ अब कमै रहेको भन्दै उनले ठुला क्षेत्रमा लगानी गर्न सुझाब दिए। बैंकहरुले सडक छेउका घरहरुमा लगानी नगर्ने र तिनै घरहरुमा आफ्नो शाखा खोल्नु निन्दनिय भयको बताए।

सडक छेउमा घर भयका ब्यक्तीले कर्जा माग्दा तपाईको घर सडकले जान्छ हामी लगानी गर्न सक्दैनौ भन्ने तर बैंकले आफ्ना शाखा खोल्दा सडक अगाडीकै घर रोज्ने प्रवृत्ति ठिक नभएको उनले बताए । उनले बैंकहरुको झन्जटिलो कर्जा प्रबाहको प्रक्रियालाई रास्ट्रबैंकको नीति अनुरुप चलाउनु पर्ने सुझाव दिएका छन।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्दी प्रसाद ढकालले बैंकको मुनाफाको केही रकम जिल्लाकै कुनै न कुनै क्षेत्रमा लगानी गर्ने बताए । अन्य बैंकहरुको भन्दा तुलनात्मक रुपम आफ्नो बैंकले कुनै कामहरुमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। बिना धितो कर्जाको प्रक्रिया मिलाई राखेकोले गर्दा लक्षित बर्ग सग बैंक लोकप्रिय बन्ने दाबी समेत गरे।

कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारि कमलराज ढकाल, व्यवसायी दिपक बोहरा, सुधन श्रेष्ठ, रश्मि राज गैरे लगाएतकाले मन्तव्य राखेका थिए।कार्यक्रमको संचालन पत्रकार योगराज बिकले गरेका थिए।

प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार