• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा ३ जना दृष्टिविहीन र ५५ बर्षीय व्यक्तीले एसइई दिए


चैत १०, सल्यान ।

आईतबार बाट सुरु भएको माध्यामीक तहको एसइईमा सल्यानमा ३ जना दृष्टिविहीन र एकजना ५५ बर्षीय व्यक्तीले परिक्षा दिएका छन् ।

जिल्लाको शारदा नगरपालिका स्थित शिवजन मावीमा अध्यानरत ३ जना दृष्टिविहीन छात्रले त्रिजमावी लुहापिङ खलंगा परिक्षा केन्द्रबाट एसइईको परिक्षा दिएका हुन् । परिक्षा दिनेहरुमा दार्माकोट घर भएका निम बहादुर केसी, कालागाउँका पदम प्रकाश गिरी र निगालचुलाका झमन बुढा मगर रहका छन् ।

उनिहरुले शिवजन मावीको दृष्टिविहीन छात्रबासमा बसेर अध्यान गरेका थिए । परिक्षा हलमा ९ कक्षासम्म अध्यान गर्ने सहयोगी विद्यार्थीलाई राखेर प्रश्न सुन्ने र उत्तर भनेर सहयोगीलाई लेख्न लगाउने गरेको परिक्षा केन्द्र लुहापिङले जनाएको छ ।

त्यसैगरी सल्यानको शारदा मावी शंकमुल परिक्षा केन्द्रबाट ५५ बर्षीय व्यक्तीले एसइई दिएका छन् । त्रिवेणी मावि चरिकोटमा अध्यान गरेका बुद्धिराम बस्नेतले शंकमुल परिक्षा केन्द्रबाट एसइई दिएका हुन् । उनि यसबर्ष जिल्लामा सबैभन्दा धेरै उमेरमा एसइईको परिक्षार्थी भएको जिल्ला शिक्षा इकाइ समन्वय समिती सल्यानका प्रमुख लिलाधर बबालले लेकाली अनलाइनलाई बताएका छन् ।

उनि परिक्षामा बिदलयको ड्रेस सहित उपस्थीत भएका छन । कृषक पेशामा आबद्ध रहेका ५५ बर्षिय बस्नेत त्रिबेणी माबिमा भर्ना भएर कक्षा ८ बाट पढाई सुरु गरेका थिए ।

३ बर्ष देखि लगातार बिद्यालमा आउने गरेका उनि अहिले एसइइमा पनि सहभागी भएका हुन । धनसम्पति बाडेर बाडन सकिन्छ, तर शिक्षा बाडेर बाडन नसकिदो रहेछ ५५ बर्षिय बुद्धिराजको भनाई रहेको छ । ३ छोरी र १ छोरा भएका बस्नेतले सबै छोराछोरीले एसइइ दिएर पनि बिवाह गरिसकेको बताए ।

हजुर बुवा भैसकेको छु, छोराछोरीलाई पढाए, पहिले जमानमा पढन पाएन उनले भने, हरेक कुरा बाडेर बाडन सकिन्छ तर पढाई बाडेर बाडन नसकिदो रहेछ, त्यसैले म बुढो भएपनि पढेर केही गर्छु भन्ने उदेश्य लिएको छु । केही ८ कक्षा बाट नै नियमित बिद्यालय आउने गरेका बुद्धिराजको कक्षामा बस्दा सधै सोच सकारात्म भएको त्रिबेणी माबिका प्रधानाध्यापक देब बहादुर श्रेष्ठले बताए ।

परिक्षा निरीक्षन गर्न पुगेका छत्रेश्वरि गाउपालिका अध्यक्ष सन्तोष केसिले बस्नेतलाई परिक्षा सफलताको सुभकामना दिएका छन । पहिलो पटक यति पाको उमेरका ब्यक्तीले एसइई परिक्षामा भाग लगेको देख्दा आफू खुसी भएको अध्यक्ष केसीले बताए ।

पहिलो दिन मर्यादीत तरिकाले परिक्षा भयो

बिहान ८ बजे दखि ११ बजे सम्म संचालन भएको यसबर्षको एसइई परिक्षा सल्यानमा पहिलो दिन मर्यादीत तरिकाले भएको प्रमुख बबालले बताएका छन् । उनका अनुसार जिल्लाभरी निरिक्षणको लागी शिक्षा इकाइका कर्माचारी र निरिक्षकहरु खटिएका छन् ।

त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुखले पनि निरिक्षण गरेको प्रमुख बबालले लेकाली अनलाइनलाई बताए । स्थानीय तह शिक्षा शाखाका कर्मचारीले पनि परिक्षाको निरिक्षण गरेको उनको भनाई छ ।

जिल्लाका ३ वटा परिक्षा केन्द्रमा सिसिटिभी क्यामराको समेत व्यवस्था भएको छ । निराजन मावी ढोरचौर, जनकल्यान मावी थारमारे र स्वरस्ती मावी पेदिखाेला परिक्षा केन्द्रमा सिसिटिभी क्यामरा जडान गरिएको छ । यसले गर्दा विद्यार्थीलाई शान्त र मर्यादीत बनाउन सहयोग भएको जनकल्यान मावी थारमारेका प्राचार्य पूर्ण भण्डारी पंकजले लेकाली अनलाइनलाई बताएका छन् ।

यो वर्ष एसर्ईइ परिक्षामा जिल्लाबाट ४ हजार ५ सय ४९ जना परिक्षार्थीले सहभागी भएका थिए । २३ वटा परिक्षा केन्द्रबाट नियमीत तर्फ छात्र १ हजार ९ सय ८५, छात्रा २ हजार ३ सय ८९ जना गरी ४ हजार ३ सय ७४ जना परिक्षार्थिले परिक्षामा भाग लिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लिलाधर ववालले बताए । ग्रेडवृद्धि तर्फ छात्र ८४ र छात्रा ९१ जना गरी १७५ जना परिक्षार्थि परिक्षामा सहभागी भएका छन् ।

जिल्लामा २० जना परिक्षार्थिले एसइइ दिन अयोग्य भएका छन । र्फम भरेर पनि बिद्यालय नियमित नआएका २० जना परिक्षार्थी एसइइ दिन अयोग्य भएका छन् । यो बर्ष ग्रेडबृद्धि समुहका सम्पुर्ण बिद्यालयहरुको परिक्षा केन्द्र श्री त्रिभुवन जनता माबि भोटेचौरमा कायम गरिएको प्रमुख ववाललको भनाई छ ।

प्रकाशित मिति : २०७५ चैत्र १० गते आइतवार