चैत ११, दाङ ।
दाङमा आगलागीबाट एक बालकको मृत्यु भएको छ ।
आईतबार साँझ ७ बजेतिर आगलागी हुँदा राप्ती गाउँपालिका वडा नम्बर १ वगाहसोती निवासी हिमाल राना मागरकी एक महिने छोरी संगीता रानाको मृत्यु भएको हो ।
हिमालका अन्दाजी ४ बर्षीय छोरा अमित रानाले उनकी बहिनी संगिताको नजिकै सलाई कोरेर खेलिरहेका थिए । त्यही बखत उनकी बहिनीसंगीताको कपडामा आगो सल्किदा उनी गम्भीर घाईतेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गम्भीर घाईते भएकी संगीताको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । आगलागीबाट घरमा भने अन्य क्षति नभएको प्रहरीले बताएको छ ।