• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

मुलुकमा सेना परिचालन हुन्छ : रक्षामन्त्री पोखरेल


चैत ११, विराटनगर ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पारे ।

उनले सेना परिचालनको एक महिनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयबाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको धारणा व्यक्त गरे । उपप्रधानमन्त्री पोखरेलले विप्लव समूह हतियार छाडेर आएमा मात्र वार्ता हुने बताउँदै हतियार बोकीबोकी वार्ता हुन नसक्ने बताएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार