• २०७७ फाल्गुन २१ गते शुक्रवार
  • Preeti To Unicode

सल्यान कर्णाली प्रदेशकै आत्मनिर्भर जिल्ला हो : मन्त्री ज्वाला


चैत ११, सल्यान ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशमा सल्यान जिल्ला खाद्यान्नमा आत्मनिर्भर भएको बताएका छन् । उनले जडीबुटी, तरकारी र फलफूल निर्यात गर्ने जिल्लामा सल्यान अग्रसर भएको बताए ।

आइतबार सल्यान श्रीनगरमा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा उद्घाटन गर्दै मन्त्री ज्वालाले भने- “कुनै बेला बिकट र गरिबी रहेको सल्यान जिल्ला अहिले खाद्यान्न तथा फलफुलको क्षेत्रमा आत्मनिर्भर भइसकेको छ ।” सल्यान थुप्रै सम्भावना बोकेको जिल्ला भएकाले कृषि र पर्यटनको क्षेत्रमा लगानी गर्न आग्रह समेत गरेका छन् ।

जिल्लाबाट बर्षेनी करोडौँको तरकारी, जटीबुटी तथा फलफुल निर्यात भैरहेको भन्दै उनले यो क्षेत्रमा लगानी गर्न सके आर्थिक रुपमा सल्यानलाई छिटै सफल बनाउन सकिने बताए । उनले कर्णालीका अन्य जिल्लाको स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि पनि सडक पहिलो आधार भएको बताए ।

ज्वालाले आगामी दश वर्ष कर्णाली प्रदेश पूर्वाधारको वर्ष हुने दाबी गरेका छन् । पूर्वाधारको विकासबिना कर्णाली प्रदेशले समृद्धि हासिल गर्न नसक्ने भन्दै मन्त्री ज्वालाले कर्णाली प्रदेशको पहिलो प्राथमिकता पूर्वाधार भएको बताएका हुन् ।

याे पनि,

सल्यानमा ग्लोबल आइएमई बैंककाे शाखा खुल्याे

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार