• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

भोटेकोशीमा जलविद्युत् आयोजना नजिकैको सिलिण्डर ग्यास पड्कियाे, ४ जनाकाे मृत्यु


चैत ११, काठमाडौँ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ ।

खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन ।

अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार