• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

‘अब विप्लवसँग सेना-प्रहरी लड्दैन्, ओली सरकारको हार हुन्छ’- पूर्वजर्नेल


चैत १२, काठमाडौँ ।

नेपाली सेनाका पूर्वजर्नेल डा.प्रेमसिंह बस्न्यातले विप्लव नेकपासँगको लडाइँमा केपी वली सरकारले हार्ने बताएका छन् । उनले अब देशमा लडाइँ भए त्यो लडाइँमा नेपाली सेना र प्रहरीहरूले पनि सरकारलाई साथ नदिने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले राजाको समयमा भएको जस्तो नेपाली सेना नभएको दाबी गरे । वली देशको प्रधानमन्त्री बन्न सक्ने हैसियतको मान्छे नभएको भन्दै डा. बस्न्यातले आफ्नो हैसियतअनुसार काम गर्न वलीलाई अनुरोध पनि गरे ।

सीके राउतजस्तो विखण्डनकारीलाई फूलमाला लगाएर गरेको स्वागत राष्ट्रका लागि दुर्भाग्य भएको पूर्वजर्नेल बस्न्यातको भनाइ छ । अब देशमा द्वन्द्व भए त्यो द्वन्द्वमा नेपाली सेना र प्रहरी लड्ने मुडमा नभएको डा. बस्न्यातको जिकिर छ ।

प्रकाशित मिति : २०७५ चैत्र १२ गते मङ्गलवार