चैत १२, सल्यान ।
सल्यानमा प्रहरीले विप्लव निकट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष टंक प्रकाश केसीको कोठामा खानतलासी गरेको छ ।
श्रीनगर स्थित डेरा गरेर पढ्दै आएका केसीको कोठामा मंगलबार प्रहरी पुगेर सबै डकुमेन्टहरु लिएको अध्यक्ष केसीले बताएका छन् ।
उनि त्यहाँ नभएको बेला प्रहरी पुगेर ताला फोडेर किताब कापी सहित संगठनका लेटरप्याड र छाप लगेको उनले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले नियमित खानतलासीका क्रममा छापा मारेको बताएका छन् । लेकाली अनलाइन सँग कुरा गर्दै डिएसपी शाहीले डकुमेन्टहरु आफुले ल्याएको र त्यसबारे अनुसन्धान भैरहेकोले अहिलेनै सबै खुलाउन नमिल्ने बताए ।
त्यस्तै संगठनकै जिल्ला सचिव गनेश आर.सी. काे सुइकाेट गाउँकाे घरमा प्रहरी गएर सबै डकुमेन्ट ल्याएकाे उनकाे पारिवारीक श्राेतले जानकारी दिएकाे छ ।