• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

सल्यानको बनगाड कुपिण्डेमा एकै दिनमा ३ सय २८ जनाको निशुल्क आँखा चेकजाँच


चैत १२, सल्यान ।

सल्यानको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा निशुल्क शिवीरको पहिलो दिनमा ३ सय २८ जनाको आँखा चेकजाँच गरिएको छ ।

शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको भिड थामि नसकिनु थियो । शिवीरको पहिलो दिनमै ८२ जना मोतिया विन्दु भएकाको अप्रेसन गरिएको छ भने ५ जनको माईनर अप्रेसन भएको रेडक्रस शाखा सभापती सल्लीका पुष्कर विसीले जानकारी दिए ।

आँखा शिवीरमा ६० वर्ष उमेर नाघेकाको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल सरकारको आर्थिक सहयोग, नेपाल नेत्रज्योती संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधीक सहयोग र रेडक्रस उपशाखा सल्लीको स्थानीय व्यवस्थापनमा शिवीरको आयोजना गरिएको छ ।

निशुल्क आँखा शिवीरबाट सल्यान पश्चिम क्षेत्रका आँखाको ज्योती गुमेका व्यवृद्धाहरुले अप्रेशन पश्चात संसार देख्न पाएकोमा खुसी जनाएका थिए । निशुल्क आँखाको शिवीर ल्याउन पहल गर्ने रेडक्रस जिल्ला शाखा सल्यानका सदस्य गणेस वि.सीलाई अधिकांस आँखाका विरामीले धन्यावाद समेत दिएका थिए ।

जनप्रतिनीधिले गर्नु पर्ने काम वि.सी.को पहलमा भएकोमा बनगाड कुपिण्डेका नागरिले प्रसंसा समेत गरेका छन् । गत वर्ष समेत वि.सीकै पहलमा आँखा शिवीर सञ्चालन गरिएको थियो ।

बनगाड कुपिण्डे वडा नम्बर १० कि ८९ वर्षिया डोटि विकका दुवै आँखा मोतिया विन्दु भएका थिए । औषधी उपचार गर्ने पैसा नहुदाँ आँखाकै कारण कष्टकर जिवन गुर्जानु परेको थियो । तर यो शिवीरबाट उनको दुवै आखाँ खुल्ने भए पछि पुन संसार देख्न पाएकोमा खुसी व्यक्त गरिन् ।

धैर मानिस आर्थिक समस्याले आँखा उपचार गर्नबाट वञ्चित वनेका थिए । तर यो शिवीरबाट धरैलाई राहत मिलेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १२ गते मङ्गलवार