चैत १२, सल्यान ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ११ मा रहेको विजयाधुरी घरायसी खाद्यान्न उत्पादन कृषक समुहका सदस्यहरुले आफ्नो समुहका नयाँ हजार दिनका आमाहरुलाई निशुल्क रुपमा अण्डा वितरण गरेको छन ।
सुआहारा कार्यक्रमको सहजिकरणमा गठन भएको उक्त समुहले पोषणलाई मध्यनजर गर्दै अण्डा वितरण मार्फत एक हजार दिनका घरधुरीमा कुखुराको संख्या बृद्धि गराउने उदेश्यले अण्डा वितरण कार्यक्रम गरीएको समुहका सदस्य तथा महिला स्वास्थ्य स्वंयसेविका प्रेमा कुमारी खत्रीले बताइन् ।
सुआहारा कार्यक्रमबाट उन्नत जातका कुखुरा पाएका ६ जना घरधुरीले जम्मा ५२ अण्डा संकलन गरी प्रतिव्यक्ति ४ वटा अण्डा पर्ने गरी १३ जना एक हजार दिनका आमाहरुलाई वितरण गरीएको हो ।
उक्त समुहमा कुखुरा पाल्ने तरिका, कुखुरालाई कोरल्न दिन मिल्ने अण्डा बारेमा स्थानिय स्रोत व्यक्ति झुपलाल खत्रीले अभिमुखिकरण गरेका थिए ।
समुहको प्रत्येक महिनाको बैठकमा पोषण, कुखुरापालन तथा तरकारी खेती सम्बन्धि छलफल गर्ने गरेको समुहका उर्मिला वलीले बताइन् ।
आगामीमहिनाको बैठकमा ६ जना एक हजार दिनका आमालाई अण्डा वितरण गर्ने योजना रहेको समुह अध्यक्ष देविसरा खत्रीले जानकारी दिएका छन् ।