• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

प्रचण्डकी पत्नी सीता दाहाल अब लठ्ठीको सहारामा उभिन सक्ने


चैत १३, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहाल अब लौरोको सहाराले उभिन र हिँड्न सक्ने भएकी छन् ।

नेपालबाट अमेरिका जाँदा कसैको सहारा नलिई उभिन र हिँड्डुल गर्न नसक्ने सिता अब लाैराेकाे सहाराले उभिन सक्ने भएकी छन् । १० दिने अमेरिका बसाईपछि उनी मंगलबार न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्किएका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि उनी छोरीज्वाइँ गंगा दाहाल र जीवन आचार्यसहित अमेरिका पुगेका थिए । छोरी गंगा दाहालका अनुसारसीताको उपचार वासिङ्टनस्थित मेडिस्टार हस्पिटल र बरमिंघमस्थित युएबी हस्पिटलमा गरिएको थियो । चिकित्सकहरूले सीताको स्वास्थ्यमा सुधार आउने विश्वास दिलाएका छन् ।

सीता दाहालले चिकित्सकको परामर्शअनुसार निर्दिष्ट गरिएको औषधि (प्रेसक्राइव) सेवन गर्नुपर्ने भएको छ । सीताको सिंगापुर र नयाँ दिल्लीमा उपचार गरिएको थियो । तर, कुनै सुधार हुन सकेको थिएन ।यसपटक निजी भ्रमण रहेकाले को कोसँग भेटघाट गरिँदै छ भन्ने कसैलाई जानकारी दिइएन ।

अमेरिकामा रहँदा प्रचण्डले नेपालका लागि पूर्वअमेरिकन राजदूत स्कट डेलेसी, अमेरिकी विदेश मन्त्रालयकी दक्षिण तथा मध्यएसिया मामिला हेर्ने कार्यबाहक सचिव एलिस वेल्च, मेरिल्यान्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारी, क्यालिफोर्नियाका अवैतनिक महावाणिज्य दूत ऋषि ढकाल, मेरिल्यान्ड र पेनसेल्भेनियाका लागि अवैतनिक महावाणिज्य दूत प्रेमराजा महत, अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग अमृतबहादुर राईले भेटेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार