• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका आगलागी पीडितलाई सहायक महामन्त्रीद्धारा सहयोग


शंकर केसी / चैत १३, सल्यान ।

राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रीय सहायक महामन्त्री राजेन्द्रविर रायले आगलागी पीडितलाइ १५ हजार रुपैयाँ सहयोग गरेका छन् । घरमा आगलागी भएर पिडित बनेका सल्यान कपुरकोट ६ सिनवाङका बेद बहादुर खड्कालाइ उनले १५ हजार रुपैयाँ राहात स्वरुप सहयोग गरेका हुन् ।

यसैविच राष्ट्रिय प्रजातन्त्र पार्टि सल्यानले कपुरकोट गाउँपालिकामा दोश्रो गाउँ अधिवेशन समपन्न गरेको छ । अधिवेशनबाट मेघराज बुढाथोकीलाइ अध्यक्ष, देव बहादुर रोकालाइ उपाध्यक्ष र सुन्दर डिसीलाइ सचिवमा चयन गरेको छ ।

कपुरकोट ६ छायाँनाथमा सम्पन्न दोश्रो गाउँ अधिवेशनबाट कोषाध्यक्षमा बालासिंह घर्ती र सह सचिवमा निर्माण बोहोरा रहेको २१ सदस्यीय कार्यसमिती चयन गरिएको राप्रपा सल्यानका कोषाध्यक्ष जागेश्वर गिरीले जानकारी दिए । भिम बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सहायक महामन्त्री राजेन्द्रविर रायले राप्रपालाइ जनताको बलियो पार्टि बनाउने बताएका थिए ।

उनले संगठन निर्माण गर्नतर्फ र नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नतर्फ आफुहरु केन्द्रीत रहेको बताएका थिए । यस्तै कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य अनुबम सिंह श्रेष्ठ, जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठ लगाएतले बोल्दै मुलुकको राष्ट्रियता, प्रजातन्त्रको संरक्षणका साथै आर्थिक समृद्धिको निमित्त राप्रपाले लिएको बाटो नै सही भएको दाबी गरेका थिए ।

सोहि कार्यक्रममा ३५ जना भन्दा बढि राप्रपामा प्रवेश गरेको राप्रपा सल्यानले जनाएको छ । प्रवेश गर्नेहरु सबै नेकपा परित्याग गरेर आएकाहरु भएको जिल्ला कोषाध्यक्ष जागेश्वर गिरीले जनाएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार