• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

सल्यानकाे पश्चिम क्षेत्रमा २ दिनसम्म सन्चालन भएको शिविरमा ४ सय ७४ जनाको आँखा चेकजाँच


इन्द्र बुढाथोकी / चैत १३, सल्यान ।

सल्यानकाे पश्चिम क्षेत्रमा २ दिने सम्म चलेकाे निशुल्क मोतिया बिन्दु आँखा शिविरमा ४ सय ७४ जनाले आखा चेकजाँच गराएका छन् ।

बनगाड कुपिण्डे नगरपालिका स्वास्थ चौकी देवस्थलमा सन्चालनमा भएको शिविरमा २ सय जना पुरुष र २ सय ७४ जना महिला गरी जम्मा ४ सय ७४ जनाले निशुल्क आँखा चेकजाँच गराएका हुन् । चैत १२ र १३ गते सन्चालन भएको शिविरकाे बुधबार अन्तिम दिन ५ जनाको माइनर अप्रेसन र ११८ मोतिया बिन्दु शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाइटी देवस्थलका सभापति पुस्तक बिसीले जानकारी दिए ।

शिवीरको पहिलो दिन मंगलबार ३ सय २८ जनाले आँखा चेकजाँच गराएका थिए । जसमा  ८२ जना मोतिया विन्दु भएकाको अप्रेसन गरिएको थियाे भने ५ जनको माईनर अप्रेसन भएको  थियाे ।

नेपाल सरकारको आर्थिक सहयोग, नेत्र ज्योति राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उपशाखा सल्लीबजारको आयोजनामा शिविर सन्चालन भएको थियो । २ दिन सम्म सन्चालन भएको शिविरमा नेत्र ज्योति आँखा अस्पताल रक्षाचौर दाङका डाक्टर सुरेश रसाइली सहित १४ जनाको टिम उपचारमा संलग्न थिए ।

आँखा शिविरमा बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका वृद्धवृद्धाहरुले सेवा लिएका छन् ।

याे पनि,

सल्यानको बनगाड कुपिण्डेमा एकै दिनमा ३ सय २८ जनाको निशुल्क आँखा चेकजाँच

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार