चैत १३ रोल्पा ।
जिल्ला अदालत रोल्पाले पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन नेतालाई रिहा गरेको छ । प्रहरी हिरासतमा रहेका तीन नेता बुधबार अदालतको आदेशमा रिहा भएका हुन्।
२४ दिन हिरासतमा बसेका गंगादेव गाउँपालिकाका टीकाराम परियार, सुनिल स्मृति गाउँपालिका-१ घोडागाउँका नेपेन्द्र सेन र रोल्पा नगरपालिका-४ लिबाङका लालबहादुर सुनार रिहा भएका हुन्।
न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले उनिहरुलाई जनही ६० हजार धरौटीमा छोड्न आदेश दिएको हो।
तीनैजनालाई राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको मुद्दा लगाइएको थियो। पूर्वी रोल्पाको गजुलस्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो
रिहा भएका नेपाली नेकपा निकट दलित राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य, सेन सुनिल स्मृति गाउँपालिकाका सेक्रेटरी र परियार दलित मुक्तिमोर्चाको पूर्वजिल्ला अध्यक्ष हुन्।