चैत १३, कञ्चनपुर ।
कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको प्रमाण नष्ट गरेको आरोपमा मुछिएका सिआइबीका डिएसपी अंगुर जिसीले सवा घण्टामा नाै लाख धराैटी बुझाएर रिहा भएका छन् ।
बुधबार जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासमा भएको थुनछेक बहसपछि उनलाई ९ लाख धरौटी बुझाउन आदेश जारी गरेकाे थियाे । जिल्ला आदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले यातनामा ५ लाख र प्रमाण नष्टमा ४ लाख धरौटी बुझाउन आदेश जारी भएको बताए ।
थुनछेक बहसमा पूर्व डिएसपी जिसीले आफ्नो भविष्यसँग जोडिएको विषय भन्दै साधारण तारेखमा रिहा गर्न अनुरोध गरेका थिए । जिसीसहित आठ प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय कसुर र ४ भदौमा सार्वजनिक गरिएका दिलिपका दाजु खडक सिंह विष्टले यातनामा जिसीविरुद्ध मुद्दा दायर गरेका थिए ।
जिसी सोमबार दिउँसो जिल्ला आदालत कञ्चनपुरमा उपस्थित भएका थिए ।