• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

विप्लव नेकपाले चैत १६ गतेकाे नेपाल बन्द फिर्ता लियाे, कारण यस्ताे छ ?


चैत १३, काठमाडौं ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले यहि चैत १६ गतेका लागि आव्हान गरेको नेपाल बन्द फिर्ता लिएको छ । नेपाल बार एसोसिएसन र मानव अधिकार आयाेगले चैत १६ गतेकाे बन्द फिर्ता लिन आग्रह गरेकोपछि साे पार्टीले नेपाल बन्द फिर्ता लिएकाे हाे ।

१६ गते नै नेपाल बार एसोसिएसनको निर्वाचन  र एसइइकाे परिक्षा भएकाले बन्द नगर्न नेकपालाइ आग्रह गरिएकाे थियाे । यिनै बिषयलाई ध्यानमा राखेर बन्द फिर्ता लिएको नेकपाले बताएकाे छ ।

सरकारी प्रतिबन्ध र दमनका बिरुद्ध नेकपाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने बताएका छन् ।

नेपालको संबिधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने स्पष्ट व्यबस्था हुँदाहुँदै पनि ओली सरकारले त्यसको बिरुद्ध गएर विप्लव नेतृत्वको नेकपामाथि गैर संबैधानि तरिकाले प्रतिबन्ध लगाएको एसोसिएसनले जनाएको छ ।

यस्ताे छ विप्लवले जारी गरेकाे विज्ञप्ती

 

 

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार