चैत १३, सल्यान ।
सल्यानमा हावाले विद्यालयको छानो उडाउदा गम्भीर घाईते भएका बालकको अझै होस् खुल्न सकेको छैन् ।
जिल्लाको दार्मा गाउँपालिका ५ त्रिवेणीका १२ बर्षीय बालक जीवन खड्कालाई गत चैत ६ गते होलीको दिन हावाले विद्यालयको छानो उडाउदा चोट लागेको थियो । श्री विश्वेश्वर आधारभुत विद्यालय नजिकै होली खेलिरहेका उनलाई सोही विद्यालयको टिन छानोले लागेको थियो । उनि उक्त विद्यालयमा कक्षा ६ मा अध्यानरत छात्र हुन् ।
यसरी छानोले लाग्दा गम्भीर घाईते भएका उनलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागी लगिएको थियो । तर ७ दिनसम्म पनि उनको होस् नआएको पारिवारले बताएको छ ।
यद्वी उनको स्वास्थ्य भने सुधार हुँदै गैरहेको छ । परिवारका अनुसार पहिले भन्दा अहिले स्वास्थ्य सुधार हुँदै गैरहेको बताइएको छ । उनको भ्यान्टीलेसनमा राखेर उपचार भैरहेको छ ।
उनलाई भेट्न आज दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अस्पतालमै पुगेका थिए । उनका अनुसार डाक्टरले स्वास्थ्य सुधार हुँदै गएको र अन्त रिफर गर्नुपर्ने अबस्था नभएको बताएका छन् । विस्तारै स्वस्थ्यमा सुधार आउने डाक्टरको भनाई छ ।
उनलाई उपचारमा दार्मा गाउँपपालिकाले पनि सहयोग गर्ने अध्यक्ष केसीले लेकाली अनलाइनलाई बताए । उनले विपतको कार्यविधी अनुसार निवेदन परेको आधारमा गाउँपालिकाले निर्णय गरेर १० हजार देखि ३० हजार सम्म सहयोग मिल्ने बताए ।
याे पनि,
सल्यानमा हावाले विद्यालयको छानो उडाउदा होली खेल्ने एक बालक गम्भीर घाईते