• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

प्रधानमन्त्रीको आलोचना गरेको भन्दै काउन्सिलकी सदस्य पक्राउ


चैत १३, काठमाण्डाैँ ।

प्रधानमन्त्रीको आलोचना गरेको भन्दै बंगलादेशकाे प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा प्रहरीले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको छ ।

किरोनले प्रधानमन्त्री हसिनाले फुटबललाई वेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनको भनाइले देशभरका नागरिकलाई हतोत्साहित गरेको आरोप लगाइएको छ ।

मानवअधिकारवादीले हसिनाले कडा कानुनको प्रयोग गरेको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार