• २०७७ फाल्गुन २१ गते शुक्रवार
  • Preeti To Unicode

दाङको राप्ती गाउँपालिकाले संघिय सरकारबाट विभिन्न योजना माग ग¥यो


ओमप्रकाश गुप्ता  / चैत १३, मसुरीया ।

दाङको राप्ती गाउँपालिकाले संघिय सरकार सँग विभिन्न योजनाहरु माग गरेको छ । बुधवार गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को १९ आँै बैठकले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सिसहनियाँ स्वास्थ्य चौकीको स्तरबृद्धि,

राप्ती चक्रपथको समग्र स्तरबृद्धि, मौरीघाट देवीकोट दोलाईखोलामा ठुलो पुल, वडा नम्बर १ को विपी मार्ग अन्र्तगत शान्तिपुर चैते देखी घोराही जोड्ने बाटोको स्तरबृद्धि, वडा नम्बर १ मा अवस्थित राष्ट्रिय मावि र अर्घाखाँची जोड्ने राप्ती नदीमा पक्की पुलको माग गर्ने निर्णय गरिएको प्रबक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले राप्ती चक्रपथको पश्चिम वडा नम्बर ५ को सिङगे खोला देखी ट्र¥याक खोल्ने, ग्रामीण विद्युतीकरणको कार्यलाई उपभोक्ता मार्फत गराउने, बैकल्पीक उर्जाको सहयोगमा वडा नम्बर ९ को वडा कार्यालयमा सोलार,

इन्भटर जडान गर्ने, वडा नम्बर ७ भानपुरमा रहेको गाउँपालिका स्तरीय खेलकुद मैदानको डिपीआर गरि तारजाली लगाउने, बायो पानी फिल्टर अनुदान तथा सहकार्यमा गरिव परिवारलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार