• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

दाङको गढवामा नयाँ प्रशासकीय अधिकृतको स्वागत


ओमप्रकाश गुप्ता / चैत १३, गढवा ।

दाङ देउखुरीको गढवा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा नोखीराम वली आएका छन् ।

ओलीलाई बुधवार एक कार्यक्रमको आयोजना गरीे स्वागत सम्मान गरिएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वलीले कर्मचारी भनेको कर्मको परिणाम बमोजिम फल निकाल्ने जनशक्ति भएको भन्दै जनप्रतिनिधीहरु तथा नागरिकहरुसंग नङ र मासुको जस्तै समन्वय सहकार्य कायम गरेर गढवालाई समृद्ध बनाउन सकृय भएर कामगर्ने प्रतिवद्धता ब्यक्त गरे ।

जनप्रतिनिधी र कर्मचारी लगायत सबैको सकारात्मक सहयोग भएमा गाउँपालिकालाई नमूना बनाउन सकिने उनको धारणा थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी लगायतका सबै कर्मचारीहरुले सरुवा भएर आए वलीलाई फूलमाला र अविर लगाएर स्वातग गरेका थिए ।

कार्यक्रमको संचालन स्वास्थ्य संयोजक लोकराज पौडेललेगरेका थिए । वली यस अघि सल्यान स्थित वनघाट कुभिण्डे नगरपालिकाबाट सरुवा भएर बुधवार गढवा गाउँपालिकामा आएका हुन् । गढवा गाउँपालिकामा सुरुमा नेवबहादुर वली,दोश्रो पटक ऋषिराम केसी प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार