• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

दाङको एक परिक्षा केन्द्रबाट दृष्टिविहिन छात्राले परिक्षा दिदै


ओमप्रकाश गुप्ता /चैत १३, सिसहनियाँ ।

सर्वोदय माध्यमिक विद्यालय राप्ती गाउँपालिका ५ सिसहनियाँ दाङ परिक्षा केन्द्रबाट एक जना दृष्टिविहिन छात्राले एस.ई.ई परिक्षा दिईरहेकी छिन् ।

दिपज्योती माध्यमिक विद्यालय सिसहनियाँमा अध्ययनरत रिङकु पौडेलले परिक्षा दिदै छिन् । उनले सोही विद्यालयमा अध्ययनरत सुस्मिता बुढाथोकीको सहयोगमा परिक्षा दिइरहेकी छिन् ।

बुधबार उनले अनिवार्य गणित विषयको परिक्षा सौहार्दपुर्ण वातावरणमा दिएकी छिन् ।

सो परिक्षा केन्द्रमा मावि मौरीघाट,शुभदर्पण एकेडेमी सिसहनियाँ ,दिपज्योती मावि सिसहनियाँ,ज्ञानोदय मावि पत्थरगढवा र सुर्यविनायक मावि नर्तीका विद्यार्थीहरूले परिक्षा दिदै छन् ।

जसमा नियमित तर्फ ३१९ जना,ग्रेड वृद्धि तर्फ ८ जना गरि कुल ३२७ जना विद्यार्थीले परिक्षा दिदै छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार