• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

काठमाडौंमा स्वाइन फ्लुले १४ को मृत्यु


चैत १४, काठमाडौं ।

नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ। पुसयता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ- महाशाखा प्रमुख डा विवेककुमार लालका अनुसार एच१एन१ भाइरसका कारण काठमाडौंमा १४, सिन्धुलीमा १, पोखरामा १ र काभ्रेमा १ जनाको ज्यान गएको छ। यस्तै एकजनाको ठेगाना खुलेको छैन। मौसमी रुघाखोकीले उनीहरूको मृत्यु भएको हो ।

पहिलोपटक सन् २००९ मा मेक्सिकोमा सुंगुर फार्ममा देखिएको स्वाइन फ्लु अहिलेसम्म संसारका २०० भन्दा बढी देशमा फैलिसकेको छ। परीक्षणका क्रममा सुंगुरमा पाइने जिनजस्तो भाइरस मानिसमा पनि पत्ता लागेपछि यसलाई चिकित्सकले स्वाइन फ्लु भन्न थालेका हुन्।

तर, नेपालमा सर्वसाधारण आतंकित हुने डरले एच१एन१ लाई सरकारी निकायले मौसमी रुघाखोकी भन्ने गरेका छन्।

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार