• २०७७ फाल्गुन २१ गते शुक्रवार
  • Preeti To Unicode

आर्थिक बर्ष सकिन लाग्दा पनि सल्यानको बनगाड कुपिण्डेमा ठुला योजनाका कामनै सुचारु छैनन्


चैत १४, सल्यान ।

आर्थिक बर्ष सकिन अब ३ महिना जति भएपनि सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्रका अधिकांस विकासे कामहरु सुचारु हुन सकेका छैनन् ।

नगरपालिकाको तेस्रो नगर सभा २०७५ असार २५ गतेसम्म हुनुपर्नेमा नरप्रमुख र उपप्रमुखको विवादका कारण त्यसको झण्डै ६ महिना पछि मंसिर १८ गते भएको थियो । यसरी नगरसभा पछि हुँदा अहिले विकासे कामहरु पनि पछि परेका छन् ।

मंसिरमा बजेट बाँठफाँठ भएपनि चैतसम्म अधिकांस योजनाहरु सुचारु नै भएका छैनन् भने केहिको भर्खर काम सुरु हुँदैछ । सडक, खानेपानी, कृषिका ठुला योजनाहरु अहिलेसम्म सुचारु नै भएका छैनन् भने २० लाखभन्दा सानो बजेटका योजनाहरुको काम भर्खर सुरु भएको छ ।

ठुला योजनाहरु टेन्डर प्रकृयामार्फत ठेकेदारलाई दिनुपर्ने भएकाले ढिलाई भएको बनगाड बुपिण्डे नगरप्रमुख गोविन्द कुमार पुनले लेकाली अनलाइनलाई बताए । उनले भने– “२० लाख भन्दा कम बजेटका योजनाहरु हामीले उपभोक्ता समितीलाई दिएर काम सुरु भएको छ । तर २० लाखभन्दा माथिका योजनाहरु टेन्डर प्रकृयामा जानुपर्ने भएकाले काम सुरु हुन अन्तिम चरणमा छ ।”

योजनाहरु टेन्डर प्रकृयामा गैसकेकाले अबको केहिदिनमा ठुला योजनाको काम सुरु हुने नगरप्रमुख पुनको भनाई छ । उनका अनुसार केहि ठुला योजनाको डिपीआर रिपोर्ट नआउदा पनि काम ढिलाई भएको हो ।

नगरपालिकाले यस आर्थिक बर्ष कुपिण्डे ताल–ढारपिल–माझ–निगालचुला सडकको लागी ५० लाख बजेट छुट्याएको छ । यसमा कर्णाली प्रदेशको तर्फबाट ४० लाख बजेट विनियोजन गरिएको छ । जसको जम्मा बजेट ९० लाख हुन्छ ।

यो योजना पनि अहिले टेन्डर प्रकृयामा गएको र अबको केहि दिनमा काम सुरु हुने नगरप्रमुख पुनले लेकाली अनलाइनलाई बताए । उनले यो आर्थिक बर्ष सकिए पनि काम चलिरहने बताएका छन् ।

त्यसैगरी ढोरपिल–आपचौर–माझ सडक खण्डको लागी पनि नगरपालिकाबाट ४० लाख र कर्णाली प्रदेशबाट ४० लाख गरि ८० लाख बजेड विनियोज गरिएको छ । यो पनि माथिको जस्तै प्रकृयामा रहने नगरप्रमुखले बताए । यहि प्रकृयामा नगरपालिकाको ३० लाख बजेटमा कुपिण्ढे दह–आग्रा नेटा–बस्नेवाटा– निगालचुला सडक खण्ड पनि रहेको छ ।

कृर्षीमा नगरपालिकाले ८० लाख बजेट विनियोजन गरेको छ । जसमा अहिलेसम्म कुनै रकम पनि खर्च भएको छैन् । अहिले कृषिमा बजेट खर्च गर्नलाई मौषम नभएको भन्दै नगरप्रमुख पुनले असार–साउनमा विउविजनमा खर्च हुने बताए ।

खानेपानीमा पनि साढे १ करोडभन्दा धेरै बजेड विनियोजन भएको छ । यसमा केहि साना काम सुचारु भएका छन् भने ठुला कामको डिपीआर रिपोर्ट नआउदा सुचारु हुन सकेको छैन् । विद्युतको लागी पनि एक करोड भन्दा धेरै बजेट विनियोजन भएको र त्यसको भने काम सुचारु भैसकेको नगरप्रमुखले पुनले बताएका छन् ।

सम्बन्धित यि समाचार पनि,

सल्यानकाे बनगाड कुपिण्डेको नगरसभा ६ महिना पछि भयाे, ४७ करोड भन्दा बढी बजेट प्रस्तुत

गाउँ-गाउँमा सिंहदरवार की, गाउँ-गाउँमा बिवाद ? कुराे सल्यानकाे…

तलव नपाएको भन्दै सल्यानमा शिक्षकहरुले हातमा कालो पट्टि बाँधेर पढाउदै

सल्यान बनगाड कुपिण्डेका जनप्रतिनिधी भष्ट्रचारी भएको भन्दै राजिनामाकाे माग (भिडियाे सहित)

सल्यानको एउटा नगरपालिकाको लाजमर्दो स्थिति, आधा बर्ष पुग्दा पनि नगरसभा बस्न सकेन्

सल्यानकाे बनगाड कुपिण्डेमा No नगरसभा, तलब र भत्ताकाे माग गर्दै ज्ञापन पत्र

मेयर र उपमेयरकाे बिवादले सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा अझै नगरसभा हुन सकेन

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार