चैत १४, सल्यान ।
सल्यानमा नयाँ प्रमुख जिल्ला अधिकारी आएका छन् ।
यस अघिका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सल्यानबाट सरुवा भएर गएसँगै नयाँ सिडियोको रुपमा दोलखा घर भएका चुडाराज न्यौपाने सल्यान आएका हुन् ।
उनि यस अघि गृहमन्त्रालय काठमाण्डौँमा थिए । सल्यान आएसँगै आज उनलाई विभिन्न राजनीतिक दल तथा पत्रकारहरुले भेटघाट गरेका छन् ।
भेटघाटका क्रममा उनले सल्यानमा सक्रिय रुपमा लागेर शान्ति सुरक्षा कायम गर्ने बताएका छन् । उनले सबै मिलेर शान्ति सुरक्षा कायम गर्नुपर्ने भन्दै सबै सँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।
उनले भने– “अब सबै मिलेर सल्यानलाई राम्रो बनाउनु पर्छ, जिल्लाको विभिन्न गतिविधिको बारेमा मेरो जिम्मेवारीबाट म निगरानी गर्छु ।” उनले आफ्नो जिम्मेवारीमा पर्ने जिल्लाका विभिन्न समस्याहरु भन्न पनि आग्रह गरे ।