• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

दाङमा उपभोक्ता समितिका पदाधिकारी माथि हातपात गरेकाे भन्दै (नेकपा)द्वारा कारबाहीकाे माग


ओमप्रकाश गुप्ता / चैत १४, देउखुरी ।

सार्वजनिक कुलो निर्माणको विषयमा उपभोक्ता समितिका पदाधिकारी माथि हातपात गरेकाे भन्दै दाङकाे राजपुर गाउँपालिका २ बेलाका धिरबहादुर अहिर लगाएतका व्यक्तीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजपुर गाउँपालिका संगठन समितिले कडा कारवाही गर्न माग गरेको छ ।

समितिका अध्यक्ष चक्रबहादुर खड्का र सचिव शंकर चौधरीले विहिवार एक प्रेस विज्ञप्ती जारी गरि कारवाहीको माग गरेका हुन् । ३ सय विगाह सिचाई हुने जग्गा २०३० साल देखि सञ्चालनमा आएको कुलो करीब एक वर्ष अघि धिरबहादुर यादवले पुरिदिएकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

सोही पुरिएको कुलो निर्माण गर्ने विषयमा पटक–पटक छलफल भएको र सहमति कार्यान्वयन नभएपछि ‘ख’ कन्टी उपभोक्ता समितिले आफै बनाउन थाल्दा धिरबहादुर यादव सहित शोभाराम यादव, पाटेश्वर यादव, रामेश्वर यादव, रामप्रसाद यादव र प्रेमा यादवले नियोजित ढंगबाट बेला सिचाई योजनाका अध्यक्ष सुरेन्द्र पुन मगर, उपाध्यक्ष हेमकुमार जिसी र सदस्य कामेश्वर यादवलाई मरासन्न हुने गरी कुटपिट गरेकाे विज्ञप्तीमार्फत आराेप लगाइएकाे छ ।

विज्ञप्तीमा भिनएकाे छ- “गुण्डागर्दीलाई कानुनी दायरामा ल्याई कारवाही गर्नुको साटो नेपाल प्रहरीको खोल ओढेर सामाजिक शान्ति सुरक्षा विरुद्ध जाने अपराधीहरुलाई उनमुक्ति तथा संरक्षण दिने इलाका प्रहरी कार्यालय गढवाका प्रमुख इन्सपेक्टर गिरीराज भण्डारीलाई हदै सम्मको कारवाही गर्न पार्टीले जोडदार माग गर्दछ ।”

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार