चैत १४, सल्यान ।
गायक भरत परियारले प्रदेशीलाई समेटेको मन बहकाउने खालको गीत सार्वजनिक गरेका छन् ।
सल्यान दमाचौर घर भएका भरतले आफु प्रदेशमा गएको र घरमा आउन नसकेको कथाबेथालाई समेटेर ‘साईला’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा बुढी आमा रोगी भएर घरमा छोरालाई पर्खिरहेको र छोरो बिदेशमा गएर दुख झेलिरहेको अबस्थालाई समेटिएको छ ।
घरमा आर्थिक अबस्था कमजोर तथा गरिबी भएर घरजग्गा साहुको बन्धकीमा राखेर प्रदेशमा आएको गीतको टुक्कामा समेटिएको छ । प्रदेशमा आफ्नाे कोहि नभएको र ‘के गरौँ, कसो गरौँ’ भन्ने खालका शब्दहरु गीतमा समाबेश गरिएको छ ।
गीतमा साईला नाम गरेको साथीलाई प्रदेशमा दुख पाइने थाहा पाएको भए गाउँमै दुख गरेर खानेथिए भन्ने खालको बचन गरिएको छ । गीतमा स्वदेशबाट श्रीमतीले घरैमै आउ भनिएको कुरालाई पनि समेटिएको छ ।
गीतमा पुरुष आवाज भरत परियारले लिएका छन् भने महिला आवाज पुर्णीमा परियारले दिइएकी छन् ।
हेर्नहोस् गीतको म्युजिक भिडियो…