• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

फेरी प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा आजको एसईई परीक्षा पनि रद्ध


चैत १५, काठमाण्डाैँ ।

एसईई अन्तर्गत आज हुने सामाजिक विषयको प्रदेश नम्बर २ को परीक्षा रद्द भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज गरेको निर्णय अनुसार बिहीबार राति आउट गरिएको प्रश्नपत्र आधिकारिक पाइएकाले रेगुलर तर्फको सामाजिक विषयको परीक्षा रद्द भएको शिक्षा निर्देशनलाय निर्देशक रमाकांत शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार रेगुलर तर्फको परीक्षा रद्द भए पनि ग्रेड वृद्धि र प्राविधिक तर्फको परीक्षा भने संचालन गरिने भएको छ ।

यस अघि बिहीबार भएको विज्ञान विषयको परिक्षाको प्रश्नपत्र सप्तरीबाट आउट भएपछि प्रदेश दुईको परीक्षा रद्द गरिएको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार