• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

यस्ता छन् धेरै वर्ष बाच्न सकिने उपायहरु ?


चैत १५, काठमाडौँ ।

जन्मदै मृत्यु लिएर आएका हामी लामो समय बाच्ने आशा सदैब भइरहन्छ । तर जन्मसँगै आएको मृत्युले जस्तोसुकै अवस्था आएपनि छोड्दैन् । आकस्मात आउने विभिन्न कारणले बाच्नुपर्ने अवधीसम्म बाच्न पाएका छैनौँ । अक्सर जति बाचिन्छ त्यो जीवन पनि अनेकौ रोग र शोकको भारी लिएर आएका हुन्छौँ ।

तर गौतम बुद्धले भनेका छन्,‘जीवनभर निरोगी हुनु आफैमा उपहार हो । रोगी भएर बाच्नु निकै दुखदायी कुरा हो । त्यस्तो जीवन मरेतुल्य हुन्छ ।’ जन्मदै मर्ने कसैको चाहना हुँदैन् । सकेसम्मलामो समय बाच्ने र निरोगी बाच्ने चाहना हुन्छ । तर कसरी बाच्ने ? कति उमेर बाच्ने ? आफु कसरी निरोगी रहने भन्ने कुरा आफैले अपनाउँदै आएको दैनिकीमा भर पर्छ ।

सन्तुलित खाना, व्यायाम, अनुशासित दिनचार्य नै लामो समय बाच्न सक्ने उपाय हो । त्यसैले आज हामी तपाईहरुलाई लामो समय बाच्नको लागि कस्तो उपाय अपनाउनुपर्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

१. हरेक दिन चिया पिउने ।

२. हरेक दिन बिहान खाली खुट्टा उभिने ।

३. हप्तामा कम्तीमा दुईपटक सेक्स गर्ने।

४. दैनिक तीन ओखर खाने ।

५. सनस्क्रिनको प्रयोग कम गर्ने ।

६. आफुलाई विश्वास लाग्ने ६ जना साथी बनाउने ।

७. ८० प्रतिशत अघाएपछि खाना नखाने ।

८. हरेक दिन राती सुत्ने भन्दा अगाडी ब्रस गरेर सुत्ने ।

९. सधै होरियार रहने ।

१० .आफ्नो घरमा घरपालुवा जनावर कुकुर राख्ने ।

११. फ्रिजमा राखेको फलफुल नखाने ।

१२. आफुले सकेको सहयोग अरुलाई गर्ने ।

१३. नुहाउने बेलामा गीत गुनगुनाउने ।

१४. खानेकुरामा फलफुल र सागसब्जी धेरै खाने ।

१५. सानो कुरामा गनगन गर्ने बानी छोड्ने ।

१६. स्याउको जुस बढस् मात्रामा सेवन गर्ने ।

१७. आफ्नो परिवार वंशचित्र बनाएर इतिहारस बुझ्ने ।

१८. टिभी कम हेर्ने ।

१९. नियमित रुपमा स्वास्थ्य परिक्षण गराउने ।

२०. तौल हैन कम्मरको नाप लिने ।

२१. उमेर पुगेपछि विवाह गर्ने ।

२२. एक दिनमा करिब २० पटक जति हास्ने ।

२३. धुम्रपान मद्ययपानलाई बेलैमा त्याग्ने ।

२४.  आवश्यक पर्ने केही कुराहरुमा विश्वास गर्ने ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार