• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

एसईईकाे प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री र गृहमन्त्रीको राजीनामा माग


चैत १५, रौतहट ।

एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरुले  रौतहटमा प्रदर्शन गरेका छन् ।

विज्ञान विषयको प्रश्नपत्र आउट भएलगत्तै बिहीबार पुनः सामाजिक विषयको पनि प्रश्नपत्र आउट भएपछि विद्यार्थीहरुले त्यसको विरोधमा रौतहतको चन्द्रनिगाहपुरमा प्रदर्शन गरेका हुन् ।

सडकमा निस्केका आक्रोसित विद्यार्थीहरुले संघका शिक्षामन्त्री गिरिराजमणि पोखरेल र गृहमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका थिए । विद्यार्थीले टायर बालेर पूर्व–पश्चिम राजमार्गमा गरेको प्रदर्शनले केहीबेर सवारी आवागमन प्रभावित बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले केहीबेर विद्यार्थीको प्रदर्शनले सडक अवरुद्ध बने पनि अहिले सञ्चालनमा आएको जनाएको छ । प्रदेश २ मा एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।

विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको घटना नसेलाउँदै सामाजिक विषयमा पनि त्यही क्रम दोहोरिएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार