• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा बससँग मोटरसाईकल ठोकिदा एक घाईते


चैत १५, सल्यान ।

सल्यानमा बससँग मोटरसाईकल ठोकिदा एकजना घाईते भएका छन् ।

आज दिउँसो करिब २ बजेतिर दाङबाट कोटमौला पातिहाल्नको लागी छुटेको ना ४ ख ४५६३ नम्बरको बस सँग बागचौरबाट सुर्खेत जाँदै गरेको भे ६ प ८४७४ नम्बरको मोटरसाईकल चाख्लिघाट नजिकै चुरेनी खोलाको मोडमा ठोकिएको हो । दुर्घटनामा परि सुर्खेत भेरी गंगा नगरपालिका वडा नम्बर १२ रामघाटका मोहोनलाल ओली घाईते भएका छन् ।

उनको खुट्टामा चोट लागेको र उपचारको लागी श्रीनगर तर्फ लगिएको ढोरचौर प्रहरी चौकी प्रहरी सहायक निरिक्षक रामराज चौधरीले लेकाली अनलाइनलाई बताए । उनका अनुसार घाईतेको अन्य अबस्था सामान्य रहेको छ ।

बाइक रंग साइटबाट आएकोले बससँग ठोकिएको उनले बताएका छन् । दुवै सावारी साधान स्पीडमा भएको र बाइक रंग साइटमा भएकोले कन्टोल हुन नसकेर ठाेकिएको उनले बताए ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार