• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

दाङमा नक्कली पत्रकार बनेर करोडौ ठगी र जवरजस्तीकरणी गरेकाे अभियाेगमा एकजना पक्राउ


चैत १५, दाङ ।

नक्कली पत्रकार बनेर लाखौ रुपैयाँ ठगी र जवरजस्तीकरणी गरेको अभियोगमा दाङमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका ११ बेलगनारका महेश भनिने भुवन धिताललाई ठगी र जवरजस्तीकरणी गरेको भन्दै प्रहरीले पक्राउ गरेकाे हाे ।पिडितहरुको जाहेरीका आधारमा विभिन्न कागजात सहित पक्राउ गरि शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

आफु पत्रकार भएको, प्रहरीका हाकिमहरु सँग राम्रो सम्बन्ध भएको, वेज्जत गर्न सक्छु भन्ने, पत्रपत्रिकामा छपाईदिन्छु भनि डर देखाएर ३६ प्रतिशत सम्म व्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न बहानामा यौन शोषण समेत गरेको प्रहरीमा उजुरी परेको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

५ जना पिडितहरुको सामुहिक जाहेरी र जवरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टा छुट्टै निबेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका धितालको साथबाट ८२ थान चेक, १ करोड ६९ लाखको चेक रकम, २ वटा खाली चेक, ३२ वटा तमसुक, १ करोड २४ लाखको तमसुक रकम, ४ वटा ढुकुटी खेलाएको रजिष्टर बरामद गरेको प्रहरीको भनाई छ ।

त्यसैगरी, ४ वटा खाली तमसुक, एक थान जलजला खबर समाचरको पत्रकार परिचय पत्र, २ थान मोवाईल, १८ हजार ५ सय नगद, २ वटा सुनको औठी, १ थान ब्रासलेट, एक थान घडि सहित बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कुटी समेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार