• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

विप्लवलाई प्रतिबन्ध लगाएर सरकारले गल्ती गर्याे : माेहन वैद्य


चैत १५, बुटवल ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर गल्ती गरेको बताएका छन् ।

उनले विप्लवको समस्या राजनीति रहेको स्पष्ट पारे । ब्रिटिस गोर्खा भूपू सैनिक संगठनको वैचारिक सांस्कृतिक कार्यक्रमको शुक्रवार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष वैद्यले विप्लवलाई प्रतिबन्ध लगाउनु भन्दा वार्ताबाटै समस्याको समाधान खोजिनुपर्ने बताए ।

उनले भने, ‘विप्लवको समस्या राजनीति हो, वार्ताबाटै समस्याको समाधान खोजिनुपर्छ, राज्यले प्रतिबन्ध राज्यले लगाउनु हुँदैन ।’ उनले विप्लवलाई पनि एउटा स्पष्ट धारणा ल्याउन आग्रह गरे ।

उनले भने, ‘विप्लवले हाम्रो आन्दोलन कसैका विरुद्ध होइन भन्ने तर आधिकारिक धारणा ल्याउने गर्नुहुँदैन, स्पष्ट धारण विप्लवले पनि ल्याउनुपर्छ ।’

अध्यक्ष वैद्यले सरकारका गतिविधि पनि राम्रो नभएको बताए । उनले भने, ‘सरकार फासीवादतर्फ उन्मुख भयो ।’

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार