• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानका १० ओटै स्थानीय तहको बजेट कार्यनयन सन्तोषजनक छ : प्रमुख विष्ट


चैत १५, सल्यान ।

जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले सल्यानका स्थानीय तहको बजेट कार्यनयन सन्तोषजनक भएको बताएका छन् ।

जिल्लाको खलंगा भएको स्थानीय सरकारमा नागरिक सहभागीता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विष्टले सल्यानका १० ओटै स्थानीय तहले सन्तोषजनक बजेट कार्यनयन गरेको बताएका हुन् । उनले केहि रुपमा असन्तुष्ट आएपनि समग्रमा राम्रो काम भएको बताए ।

उनले भने– “राज्यले लिएको लक्ष्य हामीले पुरा गर्नेतर्फ जिम्मेवार बन्नुपर्छ, कार्यनयन फितलो हुन दिनु हुँदैन् ।” उनले स्थानीय तहले गरेका कामहरुलाई पनि जनताले सहज रुपमा लिनुपर्ने बताए ।

स्थानीय सरकार सँग नागरिकको सहभागीता बनाउने उद्देश्यले पारस्पारिक जवाफदेहिता प्रयोजना अन्तरगत हरप्रेस सल्यान, सुहारा दोस्रो सल्यान लगाएतले कार्यक्रमको आयोजना गरेका हुन् ।

होटल मिलनको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता समन्वय समितीका प्रमुख विष्टले गरेका थिए । दलित विकास समाज सल्यानका दुर्गा पुनले संचालन गरेको कार्यक्रममा सुआहाराका हरि घिमिरे र दलित विकास समाज सल्यानका तारण बुढाथोकीले प्रस्तुतीकरण राखेका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार