• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

दुईवटा लाईन क्रसिङ हुने भन्दै प्रत्यक शनिबार दाङ, सल्यान र रुकुममा दिनैभरी विद्युत बन्द


चैत १५, दाङ ।

दाङको लमही–घोराही १३२ के.भी प्रसारण लाईन निर्माण गर्दा दाङ सहित सल्यान र रुकुममा पनि पटकपटक लाइन अबरुद्व हुने गरेको छ ।

विशेषगरि शनिबार दिनैभरी विद्युत सेवा बन्द हुने गरेको छ । यहि कार्यले गर्दा यसअघिका शनिबार पनि दिनैभरी विद्युत अबरुद्व भएको थियो । जसअन्तरगत चैत १६ गते शनिबार पनि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्व हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखाले एक सुचना जारी गरेर जानकारी दिएको छ ।

यसरी शनिबार मात्रै किन विद्युत अबरुद्व हुन्छ भनेर लेकाली अनलाइनले प्रश्न गर्दा प्राधिकरण तुलसीपुर शाखाका इन्जिनियर पुष्षराज मल्लले उक्त लाइनमा पुरानो र नयाँ गरि दुईवटा लाइनको क्रसिङ हुने भएकाले विद्युत नै बन्द गरेर काम गर्नुपर्ने भएको बताए ।

उनले अहिले संचालित ३३ के.भी. लाईनको तार र निर्माणधीन नयाँ १३२ के.भी.को लाईन एकैठाउँमा भएकोले काम गर्दा खतरा हुने भन्दै विद्युत बन्द गरेर नै काम गर्ने गरेको बताए । उनले अन्य दिनमा पनि काम हुने गरेको तर विद्युत बन्द भएको बेला खतरामा रहेको क्रसिङ भएको ठाउँमा काम गर्ने गरेको बताए ।

यो समस्या कहिलेसम्म हुन्छ भन्नेबारे भन्न नसकिने उनले बताएका छन् । विद्युत निर्माणको अन्य काम पनि जारी रहेको भन्दै उनले दुई वटै लाइनको क्रसिङमा रहेको ठाउँमा दिनैभरी विद्युत बन्द गरेर काम गर्ने गरेको बताए । त्यसको लागी शनिबारलाई नै रोजेको उनको भनाई छ ।

उनले अहिलेसम्म दाङ सहित सल्यान र रुकुममा ३३ के.भी. प्रशारण लाईनले काम गरेको बताए । अब निर्माण हुने १३२ के.भी. लाईन भने चालु हुन अझै केही समय लाग्ने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १५ गते शुक्रवार