• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

याे हाे विश्वकै सबैभन्दा महँगो तरकारी !


चैत १६, काठमाडौँ ।

सिजन अनुसार हरेक क्षेत्रमा तरकारीको मूल्य फरक फरक हुन्छ । हरेक किसिमका तरकारीहरु सिजनमा सस्तो मूल्यमा पाइन्छ भने सिजन घट्दै गएपछि मूल्य पनि बढ्दै जान्छ । तर विश्वमा यति महँगो तरकारी पनि रहेका छ जसको मूल्य सुन्दा जोकोही चकित पर्नेगर्छन् ।

गच्छी नामको गरेको तरकारीको वैज्ञानिक नाम हो मार्कुला कस्क्यूप्लेटा हो । जुन च्याउ जस्तै हुन्छ । यसको मुल्य प्रतिकेजी २५ देखि ३० हजार सम्म भारु रुपैया पर्दछ पर्छ । भारतकाे हिमाञ्चल प्रदेशको उच्च भागमा पाइने यो तरकारी बिजुली चम्केपछि बरफ बाट निस्कन्छ । विश्वकै दुर्लभ तरकारी पहाडमा जोगीहरुले खोजेर ल्याउने गर्छन् ।

यसलाई बनाउने विधि ड्राइफूडमा साग अनि घ्यूमा समेत प्रयोग गर्ने गर्छन् । मिष्ठान्न भोजनको रुपमा यो तरकारीलाई प्रयोग गरिन्छ । जंगलमा पाइने च्याउ प्राय जाडो महिनामा पाइन्छ । ठूलो ठूलो कम्पनीले यसलाई १० देखि १५ हजार मूल्यमा ल्याउने र बजारसम्म पुग्दा यसको मूल्य २५ देखि ३० हजार सम्ममा बिक्री हुन्छ ।

प्रकाशित मिति : २०७५ चैत्र १६ गते शनिवार