चैत १७, दाङ ।
दाङ घोराही–तुलसीपुर हुँदै दिल्ली जाँदै गरेको यात्रुबहाक बस भारतमा दुर्घटनामा परेको छ ।
बिपरित दिशाबाट आएको भारतीय कारसंग एकआपसमा ठोक्किदा दुर्घटनामा परेको हो । दुर्घटनामा परि भारतिय कारमा सवार ५ जनाको घटना स्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यामले जनाएका छन् ।
तुलसीपुरको नमस्ते यातायात प्रालिको ना ६ ख ७११३ नम्बरको बस सनिवार बिहान पौने तीन बजेतिर भारतीय कारसंग ठोक्किदा बसमा सवार ३ जना पनि घाईते भएको प्रालिका अध्यक्ष बामदेव खनालले बताए ।
भारतको उत्तरप्रदेशको पिलिभित भन्ने ठाउँमा दुर्घटना हुँदा घाईते भएका ३ जनाकै अबस्था खतरामुक्त रहेको समेत खनालको भनाई छ । बसमा सवार ३३ जना यात्रु र ३ जना गाडि स्टाफ गरि ३६ जना यात्रु रहेको भएपनि अन्यको अबस्था भने सामान्य रहेको अध्यक्ष खनालले बताए ।