• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा अदालतले रिहा गरेका विप्लव नेकपाका २ कार्यकर्ता फेरी पक्राउ


चैत १८, सल्यान ।

सल्यानमा पक्राउ परेका विप्लव नेकपाका २ कार्यकर्तालाई अदालतले रिहा गरे लगतै फेरी प्रहरीले फेरी पक्राउ गरेको छ ।

जिल्ला अदालत सल्यानले नेकपाका जिल्ला सदस्य मदन केसी र अखिल क्रान्तिकारी सल्यानका सचिव गनेश आर.सी.लाई सोमबार रिहा गरे लगतै प्रहरीले फेरी पक्राउ गरेको हो । एक जनालाई १० हजार धरौटी र अर्काेलाई साधारण तारिकमा अदालतले छोड्न आदेश दिएको थियो ।

तर प्रहरीलाई उनिहरुले अभद्र व्यवहार गरेका कारण फेरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहले बताएका छन् । उनीहरुको स्वास्थ्य चेकअप गराएर रिहा गर्न जिल्ला अस्पताल सल्यानमा लगिएको बेला प्रहरीमाथि धम्कीको भाषा बोलेको अभियोगमा फेरी पक्राउ गरिएको डिएसपी शाहले बताए ।

उनले भने– “हामीले उहाँहरुलाई छोड्ने थियौँ, तर उहाँहरुले हाम्रा प्रहरी कमाण्डरहरुलाई हामी पनि तिमीहरुलाई पक्राउ गर्छु भन्दै धम्की दिएका कारण फेरी पक्राउ गरेका हौँ ।” अब उनिहरुलाई प्रहरीले के गर्छ भन्ने बारे डिएसपी शाहले खुलाएनन् ।

सल्यानमा अन्य दुइ जना नेकपाका कार्यकर्ताहरुकाे पनि यसअघिनै पक्राउ परेका छन् । अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाअध्यक्ष भिम ओली र युवा संगठनका जिल्ला सचिव खुम केसी पक्राउ परेका हुन् ।

उनिहरुकाे पनि म्याद थप गरेर अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : २०७५ चैत्र १८ गते सोमवार