• २०७७ फाल्गुन १५ गते शनिवार
  • Preeti To Unicode

सल्यानकाे त्रिवेणी गाउँपालिकामा आफ्नै स्थानीय तहकाे किताब पढाइ हुने


चैत्र १८, सल्यान ।

सल्यानको त्रिवेणी गाउँपालिकामा नयाँ शैक्षिक शत्रबाट ‘मरो त्रिवेणी’ किताव पढाइ हुने भएको छ ।

गाउँपालिकाका २९ सामुदायिक र ७ निजी गरी ३६ विद्यालयमा यो विषय पढाइन लागिएको हो । कितावमा समग्र त्रिवेणी गाउँपालिकाको इतिहास, भौगोलिक बनावट, संस्कृति, पर्यटन, कृषि, रहन सहन, भेषभुषा लगायतका सामाग्रीहरु पढ्न पाइने गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताए ।

उनले पाढ्यक्रम निर्माणको कामलाई तिब्रता दिइएको पनि जानकारी दिएका छन । साविकका त्रिवेणी, कारागिढी, फलावाङ र काभ्रा गाविस गरेर गाउँपालिका भित्र जम्मा ६ वडा छन् । सबै वडामा नयाँ शैक्षिक सत्र देखि मेरो त्रिवेणी नामक पाढ्यक्रम पठनपाठनको लागि संचालनमा ल्याउन लागिएको हो ।

सल्यानमा स्थानीय सरकारले अफ्नै पाढ्यक्रम संचालन गर्न लागेको यो पहिलो हो ।

प्रकाशित मिति : २०७५ चैत्र १८ गते सोमवार