• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यान कपुरकाेटका किसानलाई व्यवसायिक बाख्रापालन तालिम, यस्ताे भन्छन् अध्यक्ष सेन ?


चैत १९, सल्यान ।

किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले सल्यान कपुरकोटमा व्यवसायीक बाख्रापालन तालिम प्रदान गरिएको छ । आइतबार र सोमबार जागृति मिश्रीत बाख्रापालन किसान समूहलाइ तालिम प्रदान गरेको कपुरकोट गाउँपालिकाले मंगलबारबाट ६ वटै वडाका किसानलाइ तालिम शुरु गरेको छ ।

तालिम उद्घाटन कार्यक्रममा गाउापालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिम बहादुर सेनले आम्दानीको दरिलो श्रोत बाख्रापालन ब्यवशाय भएको बताएका छन् । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले निर्वाहमुखी रहेको बाख्रापालनलाइ व्यवसायीकता तर्फ लैजान विभिन्न योजना अघि सारिएको बताए ।

कृषि क्षेत्रको अभिन्न अंगको रुपमा रहेको बाख्रापालनलाइ व्यवसायीक बनाउन किसानलाइ तालिम, पशु स्वास्थ्य शिविर, घाँसको विउ वितरण, खोर सुधार तथा उन्नत जातको बोका र पाठी वितरण जस्ता क्रियाकालापहरु ग्रिएको अध्यक्ष सेनले बताए ।

बाख्रापालनका लागी पेषिलो घाँसको महत्व निकै रहेको जनाउदै उनले किसानहरुलाइ बारिका काल्ना र ढिकहरुमा घाँस खेती गर्न आग्रह गरे । सेनले भने, ‘ती डिलहरुमा योजनाबद्ध रूपमा डालेघाँस र बारीमा घाँस लगाउँदा बाख्रालाई हरियो घाँसपात वर्षैभरि पुरा गर्न सकिन्छ ।’

ग्रामिण क्षेत्रमा अर्थतन्त्रको मुख्य आधार मानिने बाख्रापालन व्यवशायलाइ किसानले केहि प्राविधिक ज्ञान, सिप सिकेर अघि बढाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जनाए । उनले समूहमा आवद्ध भएर तथा ब्यवशायीक फर्म संचालन गरेर बाख्रापालन गरेमा बढि फाइदा हुने बताए ।

पशु सेवा शाखा कपुरकोटका प्रमुख अरुणा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष मिन बहादुर सेन, पत्रकार शंकर के सी लगाएतले मन्तव्य राख्दै सल्यानको हावापानीले बाख्रापालनमा ब्यवशायीकता खोजिरहेको बताएका थिए ।

तालिममा बाख्रा पालनको अवश्यकता तथा महत्व, बाख्राको जात तथा तीनका विशेषताहरु, बाख्राको खोर तथा गोठको व्यवस्थापन, घाँस तथा आहारा व्यवस्थापनका विषयमा जानकारी गराइने पशु सेवा शाखाका प्रँविधिक अविकिरण डाँगीले जनाएका छन् ।

यसैगरी बाख्रामा लाग्ने रोग, रोगको लक्षण, रोकथाम तथा यसको उपचार, गर्भिणी बाख्रा तथा पाठापाठीको स्याहार सुसार गर्ने तरिका, बोका बाख्राको छनौट गर्ने तरिका र बाख्रामा हाडनाता प्रजनन गराउँदा हुने वेफाइदाका विषयमा समेत सहभागीलाइ जानकारि गराइने छ । तालिममा एक वडाबाट ५ जना गरेर ३० जना किसान सहभागी रहेको संजय केसीले जानकारि गराएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार