• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानबाट दाङ जाँदै गरेकाे ट्रक फेरी राम्रीकाे माेडबाट खस्याे


चैत १९, दाङ ।

सल्यानबाट दाङतर्फ जाँदै गरेकाे ट्रक फेरी राम्री माेडमा खसेकाे छ ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने राम्री मोड आइतबार मध्यरातमा ना ६ ख ५४१४ नम्वरको ट्रक खसेर टुक्रा टुक्रा भएको छ । तर दुर्घटनामा परि कुनै मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थल वाट फर्केपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले ट्रक झन्डै ७ सय मिटर तल खसेको र त्यसको विभिन्न पाट पूर्जा झरप्रष्ट भएको जानकारी दिए ।

ट्रकका चालक सकुशल रहेको प्रहरीले बताएको छ । चालक सम्पर्कमा नआएको हुँदा दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

गत पुस ६ गते मात्रै यही मोडवाट एउटा बस खस्दा १९ विद्यार्थी, २ शिक्षक तथा चालक र सहचालक गरि २३ जनाको मृत्यु भएको थियो । त्यसअघि पनि यही मोडवाट एउटा मोटरसाईकल र ट्रयाक्टर दुर्घटनामा परेका थिए ।

याे पनि

नाम मात्रैको राम्री, सडक भने नराम्री

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार