• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

हावाहुरीले ज्यान गुमाएका परिवारलाई पाँच/पाँच लाख दिने प्रचण्डको घोषणा


चैत १९, बारा ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई पाँच पाँच लाख दिने घोषणा गरेका छन् ।

मंगलबार बाराको फेटा गाउँपालिका ६ पुरैनियाँ पुगेका प्रचण्डले पीडितलाई सम्बोधन गर्दै नेकपाको तर्फबाट पाँच पाँच लाख दिने घोषणा गरेका हुन्। राहत वितरण गर्न पुगेका प्रचण्डले सम्पूर्ण घाइतेको निःशुल्क उपचार गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा भएकोसमेत प्रष्ट पारे।

सँगै प्रचण्डले परिवारका चारजना सदस्य गुमाएका स्थानीय इजाहार मियाँका एक छोरालाई निःशुल्क पढाइदिने घोषणा गरेका छन्।

उद्योगमन्त्री मातृका यादवसहित वीरगन्ज हुँदै फेटा गाउँपालिका पुगेका प्रचण्डले राहत र उद्धारमा जुट्न पार्टीका सबै तहका प्रतिनिधिलाई निर्देशन दिइसकेको जानकारी दिए।

आइतबार रातिको हावाहुरीमा परी २८ जनाको मृत्यु भइसकेको छ। प्रदेश २ को सरकारले मृतकका परिवारलाई तीन लाख दिने घोषणासमेत गरिसकेको छ।

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार