• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

याे बर्ष सल्यानमा पाँच गुणा बढी बजेट आएपनि काम हुन सकेन् : सांसद बस्नेत


चैत १९, सल्यान ।

सल्यान संघिय सभाका सांसद टेक बहादुर बस्नेतले सल्यान जिल्लाको समग्र विकासका लागी सरकारले प्रयाप्त बजेट बिनियोजन गरेपनी काम गर्न नसकेको बताएका छन् । उनले तिनै तहबाट गरी गतबर्ष भन्दा यो बर्ष पाँचगुणा बढी बजेट आएपनि काम गर्न नसकेको बताएका हुन् ।

सल्यान छत्रेश्वरी गाउँपालिका १ सिधुरेमा साेमबार स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गतको शिन्दुरे खानेपानी आयोजनाको उद्घाटन गर्दै पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका बस्नेतले  सरकार र जनता बिचको दुरी बढेका कारण देशमा केही समस्या उत्पन्न भएको बताएका छन्। उनले भने- “बजेट खर्च भएको छैन, तर कसरी खर्च गर्ने हो भन्नेबारे मलाइ चिन्ता लागेको छ ।”

सांसद बस्नेतले जिल्लाको तिब्र गतिमा विकास नहुनुको मुख्य कारण राजनीतिक असमजदारी रहेको बताएका छन् । उनले भने- “साच्चिकै जिल्लाको बिकास गर्ने नै हो भने जिल्लाका राजनीति दलहरु मिल्नुको विकल्प छैन् ।”

बस्नेतले आर्थिक बर्ष २०७५/०७६ मा सल्यान जिल्लाको लागी स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमबाट आफ्नो पहलमा जिल्लामा साना ठुला गरी जम्मा २० वटा योजनाहरुको लागी करिव ४ करोड रकम बिनियोजन गरिएको बताए ।

संघिय सरकार बाट जिल्लाका अन्य विकास योजनाहरुका आर्थिक बर्ष २०७५/०७६मा सम्पन्न गर्नको लागी करिब २ अर्व ६७ करोड रकम बिनियोजन भैसकेको र केहि हुने क्रममा रहेको उनले बताए ।

कार्यक्रम बोल्दै छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोस केसीले विकास निर्माणका क्रममा यो पार्टी त्यो पार्टी नभनी सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन्। विकास सबैका लागि भएकाे भन्दै उनले त्यसमा राजनिती गर्न नहुँने बताए ।

जनताको मत ल्याएर आएका कारण जनताको सेवामा तल्लीन भएर लाग्ने उनले बताए । उनले लान्ती, लेखपोखरा,दमाचौर,झ्याम हुदै रोल्पा जोड्ने २ लाइने सडक निर्माणका लागी योजना पार्ने मुख्य काम टेकबहादुर बस्नेतको रहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता केसी, वडा नम्बर १ का वडा अध्यक्ष नेब बहादुर शाह, २ का प्रेम खड्का लगाएतकाले मन्तब्य राखेका थिए।

सांसद विकास कोष बाट २० लाख र जनश्रमदान ५ लाख ८० हजार गरेर जम्मा २५ लाख ८० रुपैयाको बजेटबाट सिन्दुरे खानेपानी आयोजनाको काम सम्पन्न भएको हो । खानेपानीको चरम संकट रहेको सिधुरेमा सम्पन्न खानेपानी आयोजना बाट ८८ घरधुरीका ५ सय उपभोक्ता लाभान्वित भएकाे स्थानीय शिक्षक होमराज मल्लले बताए ।

तीन वटा मुहानबाट ल्याएको पानी ट्याङ्की निर्मान गरि घरघरमा धारा पुर्याएको छ। पहिलो पटक गाउँमा पानी आउदा आफुहरुमा खुसिको सिमानै नरहेको स्थानिय ८४ बर्षीया बृद्ध गणपति चन्दले बताए।

यसैबिच सोमबार नै बागचौर, लामाडाडा, पुखात हुँदै फारुलाचौर जोड्ने मोटरबाटोको सार्बजनिक लेखापरीक्षण सम्पन भएको छ । सांसद बस्नेतको प्रमुख आतिथ्यता, दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी उपाध्यक्ष टिका वलि (शर्मा)को बिशिस्ट आतिथ्यतामा सम्पन्न लेखा परिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।

संघिय सरकारको ५६ लाख र अन्य गरि करिब ६६ लाख लागतमा सम्पन्न भएको उक्त सडक, रुकुमका केहि भाग, जाजरकोट हुँदै डोल्पा सम्म जोडन सकिने सांसद बस्नेतले बताए ।

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार