चैत १९, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दूध विकेन भनेर नपोख्न आग्रह गरेका छन् । उनले बस्तुले मूल्य पाएन भनेर खानेकुरालाई सडकमा नफाल्न आग्रह गरेका हुन् ।
६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैे भने– “ दुध विकेन भनेर सडकमा पोख्ने हैन्, कुराउनी पकाउने हो, दही जमाएर घ्यू निकाल्ने हो ।” मुला नबिके पनि सिन्की बनाउन सकिने भन्दै उनले किसानहरुको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री ओलीले खानेकुरालाई पागल बनाउने क्रम रोक्नुपर्नेमा जोड दिएका छन् । कल्चर गर्ने नाममा जेलाई पनि पागल बनाउने गरिएको भन्दै उनले अर्गा्निक खाद्यवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भने– “आजकल कल्चर गर्ने, के गर्ने नाममा खानेकुरालाई खानेकुरा रहन नदिने, पागल बनाइदिने । सानो फल्ने सुन्तलालाई फर्सी जत्रो बनाइदिने गर्छौं । ‘मुलालाई पनि पागल बनाइदिने, लौकालाई पनि पागल बनाइदिने ।”
उनले थोरै तर अर्गानिक बस्तु उत्पादन गरेपनि अरुले भन्दा राम्रो मूल्य लिन सकिने बताए । उनले भने– “तिम्रा देशको जस्तो पागल बनाएको होइन, सद्दे फलफूल हो । यसलाई आफ्नो उमेर थाहा छ, आकास थाहा छ । त्यसकारण यो स्वस्थ छ । प्याकेटमा लेखिदिए हुन्छ ।”
नेपालको आधुनिकीकरणको पहिलो सर्त कृषिको आधुनिकीकरण भएको तर, २र४ कठ्ठामासम्भव नभएको प्रधानमन्त्री ओलीले बताए । अब सहकारीमार्फत ठूलो क्षेत्रमा एउटै बाली लगाउने र प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग जोड्न आग्रह गरेका छन् ।