• २०७७ फाल्गुन १८ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको बाँङ्गेलाखुरीमा प्रहरीले गर्यो घरेलु मदिरा नष्ट, बिदेशी मदिराकाे व्यापार चम्किदै


चैत १९, सल्यान ।

सल्यानको बांगेलाखुरी बजारमा अवैध रुपमा राखिएका घरेलु मदिरा नष्ट गरिएको छ ।

बागचौर नगरपालिका ५ मा पर्ने बाँङ्गेलाखुरी बजारमा बरामद गरिएको ४४ लिटर अवैध घरेलु मदिरालाई सोमबार स्थानीयको रोहोबरमा प्रहरीले नष्ट गरेको हो । प्रहरीले मदिरा बनाउने पदार्थ र सामाग्री पनि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमखोलीका प्रहरी प्रमुख प्रहरी नायव निशिक्षक रतन शर्माले बताए ।

घरेलु मदिरा रोक लगाईए लगत्तै आफुहरु यस काममा तिव्र रुपमा लागि परेको उनको भनाई छ ।

पछिल्लाे समय सल्यान प्रहरी विभिन्न खाले घटनाहरु घट्ने भन्दै घरलु मदिरा नियन्त्रणमा सक्रिय देखिएकाे छ । तर घरेलु मदिरा नियन्त्रण गरेपनि विदेशी मदिराकाे दिनहुँ व्यापार वृद्धि भैरहेकाे छ ।

यस्ताे खालकाे बिदेशी मदिरालाइ सरकारले बिक्रि वितरणकाे इजाजत दिएपछि व्यापारीहरु पनि दिउँसै खुलेआम बिक्री गर्ने गरेका छन् ।

केहिदिन अघि रुकुमलाइ स्थानीय सरकारले मदिरा मुक्त जिल्ला घाेषणा गरेपनि अदालतले सरकारले इजाजत पत्र दिएकाहरुले मदिरा बेच्न पाउने भन्दै निर्णयलाइ उल्ट्याइदिएकाे थियाे । जसले गर्दा विदेशी मदिराकाे व्यापार चम्किएकाे छ ।

तस्बिर : समिर श्री

याे पनि पढ्नुहाेस्

सल्यानमा घरेलु मदिरा नस्ट गरेपनि बिदेशी मदिराको खुलेआम व्यापार चम्कीयो

कर्णाली प्रदेशलाई मदिरा मुक्त बनाउन अगाडी बढौँ : मन्त्री केसी

सल्यानमा शान्तिसुरक्षा कायम गर्न मदिरा मुक्त जिल्ला बनाउनु पर्छ : डिआइजी शाह

सल्यानको बनगाड कुपिण्डेमा प्रहरीले गर्यो ८० लिटर घरेलु मदिरा नस्ट

सल्यानको बागचौरमा घरेलु मदिरा नस्ट गरियाे

पश्चिम सल्यानमा प्रहरीले गर्याे २ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट

सल्यानकाे कपुरकोटमा अवैध मदिरा बरामद गरि नष्ट

सल्यानमा २ हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरियाे

सल्यानमा ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट, फेरी मदिरा बनाउनेलार्इ यस्ताे कारबाही गर्ने

प्रकाशित मिति : २०७५ चैत्र १९ गते मङ्गलवार