• २०७७ फाल्गुन १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे रेडियो तहल्का भाेलिदेखि ५ बर्षमा प्रवेश, बार्षिकोत्सवमा निशुल्क आँखा शिविर


चैत २०, सल्यान ।

सल्यानबाट प्रशारणमा आएकाे रेडियो तहल्का भाेली चैत २१ गते पाँच बर्षमा प्रवेश गर्न लागेकाे छ ।

पाँचाैँ बार्षिकोत्सवका अवसरमा रेडियोले चैत २३ गते सनिबार कुमाख गाउपालिकाको रागेचौरमा निशुल्क आँखा जाँच शिविर राख्ने जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा आँखा शिविर चलाएपनि कुमाख गाउँपालिकामा अहिलेसम्म नचलेकोले आखाँका विरामीको सुविधाका लागि यो कार्यक्रम राखिएको रेडियाेका अध्यक्ष तथा स्टेशन म्यानेजर डिल्लीराज रावतले बताएका छन् ।

सल्यान आँखा अस्पताल सितलपाटीकाे प्राविधिक सहयाेग तथा कुमाख गाउँपालिका र जनता मावि रागेचौरको व्यवस्थापकिय सहयोगमा रागेचौरमा हुने शिविरमा फाइदा लिन रेडियोले आँखाका विरामीहरुमा अनुरोध गरेको छ ।

स्वास्थ्यकर्मी पदमराज पन्तका अनुसार सयौं विरामीलाई औषधी पनि निःशुल्क हुनेछ भने चस्माको लागि सिफारिस तथा अप्रेशन गर्नुपर्ने विरामी पाइएमा थारमारेमा सम्म आँखा अप्रेशन शिविर चलेमा त्यहाँ बोलाइनेछ ।

कार्यक्रम चैत्र २१ गते बार्षिकोत्सवका दिन नै राख्ने सल्लाह भएपनि विद्यालयमा गरिने भएकाले शनिबार छुट्टीको दिन प्रयोग गरिएको हो ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार