• २०७७ फाल्गुन २४ गते सोमवार
  • Preeti To Unicode

विश्वकाे अनौठो फुल, जहाँ चरा जस्तै भएर रूखमै फुल्छ


चैत २०, काठमाडौँ ।

प्रकृतिको देन निकै अनौठो हुन्छ । यस्तै दुनियाँ नै चकित पार्ने एक अनौठो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । कुनै एक रुखमा फुल फुल्नु फल लाग्नु सामान्य हो । तर चीनमा भने एक रुखमा चरा जस्तै देखिने फुल फुल्ने गर्छ ।

झट्ट हेर्दा निकै मनोरम देखिने उक्त रुखमा फुल फुलेको समयमा रुख भरी चरा बसेको जस्तै देखिन्छ । म्यागनोलिया नाम गरेको रुखमा जब फुलको कोपिला फक्रन थाल्छ तब ती कोपिलाहरु चरा जस्तै देखिन्छन् ।

चीनको उत्तरी भेगमा पाइने यो रुखमा वसन्तु ऋतुमा फुल्ने फुल निकै बासनादार र सुन्दर हुन्छन् । करिब १ देखि २० मिटरसम्म अग्लो हुन्छ । वसन्तु ऋतुको शुद्ध मौसममा फर्कने फुल निकै आकर्षक र सुन्दरताको प्रतिक मानिन्छ ।

यसैबिच चीनको जियामेनमा एकजना महिलाले बाबु फरक फरक भएको जुम्ल्याहा बच्चा जन्माएकी छिन् । जब जुम्ल्याहा बच्चाको जन्म दर्ता गराउने क्रममा पितृत्व परीक्षण वा डिएनए टेष्ट गर्दा फरक फरक भएको पत्ता लागेको थियो । तर ती महिलाले आफ्नो श्रीमानवाहेक अरुसँग सम्बन्ध नरहेकाले यो रिपोर्ट झुटो भएको बताएकी थिइन् । साथै उनको श्रीमानले पनि डिएनए रिपार्ट झुटो भन्दै पुन परिक्षण गर्न लगाएको थियो ।

त्यसपछि न्यायिक प्रमाणीकरण केन्द्रमा गएर पुनः डिएनए टेस्ट गर्दा पनि जुम्ल्याहा बच्चा फरक फरक बाबुको नै भएको रिपोर्ट आयो । अन्तत ती महिलाको झुट लुकाउन नसकेपछि आफुले श्रीमान वाहेक परपूरुषसँग पनि शारिरिक सम्बन्ध राखेकाले सोही सम्बन्धको बेला गर्भधान भएको हुन सक्ने बताइन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार जुम्ल्याहा बच्चा जन्मने बित्तिकै बच्चाको बाबुले आफ्नो एउटा बच्चासँग अनुहार नमिलेको भन्दै गुनासो गरेका थिए । तर अन्तत उनको अनुमान सही भयो । त्यसैले चिकित्सकहरुले पनि चिकित्सा जगतमा यो एउटा नयाँ चमत्कार भएको बताएका छन् ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार