• २०७८ असोज १२ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा घरमै रोकिराखेको मोटरसाईकल दिउँसै आगजनी


संजिव लामिछाने/ चैत २०, सल्यान ।

सल्यानमा घरमै रोकिराखेको मोटरसाईकललाई अज्ञात समुहले आगजनी गरेको छ ।

बागचौर नगरपालिका ३ पुतलिवास स्थाई घर भई हाल कुमाख गाउँपालिका रागेचौरमा ब्यबसाय गर्ने सन्दिप शर्माको घरमै रोकिराखेको रा १ प ७९२९ नम्बरको मोटरसाईकल आज दिउँसो ४ बजेतिर आगजानी भएको हो ।

मोटरसाईकल कसले कसरी जलायो भन्ने कुरा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २० गते बुधवार