चैत २०, सल्यान ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने पेदिखोलामा विद्युतको तार चुडिदा विद्युत सेवा अवरुद्व भएको छ ।
यहि चैत १८ गते राती आएको हावाहुरीले बिजुलिको तार चुडिदा पेदिखोलाका करिब ८० घरधुरी बत्ती बाल्नबाट बन्चित भएको स्थानीय पत्रकार एच.पी. मगरले बताएका छन् । उनका अनुसार करिब ५ वटा सम्म पोलका तार चुडिएका छन् ।
यता नेपाल विद्युत प्राधिकरण सल्यान वितरण शाखाले उक्त विद्युत मर्मतको लागीआज कर्मचारी खटाएको जनाएको छ । अहिले त्यहाँ काम हुँदै गरेको प्राधिकरणको भनाई छ ।