इन्द्र बुढाथोकी/ चैत २०, सल्यान ।
सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ को नाथेखोला, जामुने, बाझकोट हुदै औलवेशी मोटरबाटो उद्घाटन गरिएको छ ।
सडकको बुधबार एक कार्यक्रमका बिच पुर्व सामान्य प्रशासन मन्त्री तथा संघीय सभाका सांसद टेकबहादुर बस्नेत लगाएत कर्णाली प्रदेश सभा सदस्य गुलाबजंग शाह, नगरप्रमुख गोविन्द कुमार पुन लगाएतले बनगाड कुपिण्डे नगरपालिका वडा न ३ को बाझकोटमा रिवन काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै पुर्व मन्त्री बस्नेतले आफ्नो कार्यकाल भित्र सल्यान जिल्लाको रिङ्गरोड बनाएर सडकको पहुँच विस्तार गर्ने बताए ।
उनले टाढा रहेका जनतालाई सडक संजाल सँग जोडने बताएका छन् ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष धन बहादुर पुनका अनुसार २०७१÷७२ देखी अहिले सम्म तत्कालीन गाविस, नगरपालिका, अर्थ मन्त्रालय र स्थानीय पुर्वाधार विकासबाट जम्मा ५५ लाख ५० हजार रुपैयामा १७ किलोमिटर मोटर बाटो सम्पन्न गरिएको छ ।
त्यस सडकमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १, २, ३ र ४ का बासिन्दाहरुलाई सहज हुनेछ ।