• २०७७ फाल्गुन १६ गते आइतवार
  • Preeti To Unicode

शर्मा अध्यक्ष भएको क्याम्पसमा प्ररिक्षार्थीले असन्तुष्ट पाेखेपछि मेयर बुढाथोकीको आपत्ती !


चैत २३, सल्यान ।

जनकल्यान क्याम्पस थारमारे सल्यानको स्नातकोत्तर तहमा शिक्षक नियुक्ती प्रकृयामा एकजना प्ररिक्षार्थीले असन्तुष्ट जनाएपछि बागचौर नगरपालिका मेयर लोकमान बुढाथोकीले पनि आफ्नो आपत्ती भएको बताएका छन् ।

सल्यान जिल्लाका ४ वटा क्याम्पसमा यसैबर्ष देखि स्नातकोत्तर तहको कक्षा संचालनमा आएको छ । जसअन्तरगत शिक्षक राख्ने काम पनि भएको छ ।

भर्खरै जनकल्यान क्याम्पसले कोर्ष करारमा एकजना नेपाली बिषयको, एकजना पाठ्यक्रम तथा मुल्याङ्न बिषयको र दुवैमा केहि आंसिक शिक्षक आवश्यकता भनेर विज्ञापन गरेको थियो । त्यसैमा परिक्षार्थीले आवेदन पनि दिएर परिक्षा समेत दिइसकेका छन् । केही बिषयको रिजेल्ट समेत आइसकेको छ ।

तर परिक्षार्थी भरत बस्नेतले परिक्षा मर्यादित तरिकाले नभएको आराप लगाएका छन् । उनको यो भनाईलाई मेयर बुढाथोकीले पनि साथ दिदै आफ्नो आपत्ती भएको बताएका हुन् । प्ररिक्षार्थी बस्नेतले नेपाली शिाक्षकमा योग्यता नपुगेको र विषयगत शिक्षक नभएकालाई प्राथामिकता दिएर शिक्षक राखिएको आरोप लगाएका छन् ।

उनले पाठ्यक्रम तथा मुल्याङ्न र शिक्षा संकायको विषयमा पनि आवेदन दिएका सबैलाई राजनीतिक भागबन्डाका आधारमा राखिएको आरोप लगाएका छन् । यी प्ररिक्षार्थीको कुरालाई साथ दिदै नगरप्रमुख बुढाथोकीले पनि आफु क्याम्पसको पदेना समितीमा भएको तर आफुलाई कुनै जानकारी नगराइएको भन्दै आफ्नो आपत्ती भएको बताएका हुन् ।

लेकाली अनलाइनसँग कुरा गर्दै मेयर बुढाथोकीले भने– “म पदेना समितीको सदस्य र नगरप्रमुख जस्तो व्यक्तीलाई विज्ञापन आह्वान गर्दा कुनै जानकारी दिइएको छैन्, त्यसमा मेरो आपत्ती छ ।” उनले यस बिषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

यहि बिषयलाई लिएर भरत बस्नेतका भाई दिपक बस्नेतले पनि परिक्षा नियम विपरित भएको भन्दै सामाजिक संजाल फेसबुकमा समेत पोष्ट गरेका छन् । उनले सम्बन्धीत निकायको गम्भीर ध्यान जावस् भन्दै नेपाली विषयको कुनै पनि विषयगत अनुभव नभएको, पाठ्यक्रम तथा मुल्याङकन् र शिक्षा विषयको परीक्षा नगराई आवेदन दिएका सबै जनालाई राजनीतिक भागबन्डाका आधारमा नै नियुक्त गरिएको भनेर आराेप लगाएका छन् ।

दिपक बस्नेतकाे फेसबुक स्टाटस

 

यता क्याम्पस व्यावस्थापन समितीमा अध्यक्ष भिम प्रकाश शर्माले कुनै राजनीतिक आग्रह पुर्व आग्रह अनुसार शिक्षक नराखेको बताएका छन् । उनले नीति र नियम बद्द तरिकाले शिक्षक छनोट गरेको र परिक्षा बनाएको दाबी गरे ।

लेकाली अनलाइनसँग कुरा गर्दै उनले क्याम्पस व्यवस्थापन समितीको बैठक बसेर सर्वमतले विज्ञापन खोल्ने निर्णय गरेको र पाँचजना शिक्षक छनोट समिती गठन गरेको बताए । उनले भने– “हामीले विज्ञापनमा भनिएकै आधारमा शिक्षक छनोट गरेका छौँ, नेपाली बिषयमा पिएचडी गरेको शिक्षक राखेका छौँ, त्यो भन्दा माथिल्लो तहको कहाँ हुन्छ ?”

उनले भने– “पहिला परिक्षा दिनेसम्म ठिक छ भन्दै परिक्षा दिने, अनि फेल भएपछि गलत भयो भनेर सामाजिक संजालमा बिरोध गर्ने, यस्तो पनि हुन्छ ?” पाठ्यक्रम बिषयमा ५ जनाले परिक्षा दिएको र त्यो छनोट प्रकृयामै रहेको उनले बताए । पाठ्यक्रमकै आसिंक परिक्षमा आवश्यकता अनुसार भनेर विज्ञापन गरिएको र त्यही अनुसार शिक्षक राख्ने उनको भनाई छ ।

मेयर बुढाथोकीको असुन्तुष्टिको बारेमा उनले भने– “उहाँ पदेना सदस्य हुनुहुन्छ, उहाँलाई हामीले बोलाएका हौँ, तर उहाँ आउनुभएन, उहाँ नआउदैमा हामीले कामै नगर्ने भन्ने हुदैननी !” त्यसमा विरोध गर्नुको कुनै औचित्य नभएको उनको भनाई छ ।

क्याम्पसले खाेलेकाे विज्ञापन

 

फरक त यो छ की यस क्याम्पसका अध्यक्ष भिम प्रकाश शर्मा नेकपा कर्णाली प्रदेशका सदस्य पनि हुन् । उनि र मेयर बुढाथोकी बिच पनि पहिले विवाद उत्पन्न भएको थियो । गतबर्ष प्रदेश र प्रतिनिधि सभाको चुनावमा टेक बहादुर बस्नेतको बिरोध गर्दै भिम प्रकाश शर्माको टिमले बागी उम्मेरद्वार दिएका थिए ।

त्यसबेला टेक बहादुरको पक्षमा लोकमान बुढाथोकी खुलेरै लागेका थिए । त्यसपछि भिमप्रकाश र लोकमानको विवाद बाहिरी रुपमै देखा परेको थियो । जुन विवाद अहिलेसम्म पनि कायमै रहेको दुवै नेता निकटका कार्यकर्ताहरु बताउछन् । यसरी दुवैकाे विवादलाइ लामाे समयसम्म राखेर सार्वजनिक काममा बल्झाउदा सबैलाइ घाटा हुने एक कार्यकर्ताले बताए ।

प्रकाशित मिति : २०७५ चैत्र २३ गते शनिवार